उदयपुर । त्रियुगा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले २ हजार भन्दा धेरै मतले अग्रता कायम गरेको छ ।
प्रमुख पदमा कांग्रेसका वसन्त बस्नेतको १० हजार ३१२, एमालेको भागवत राउतको ८ हजार २४२ र नेकपा एकीकृत समाजवादीका वलदेव चौधरीको ७ हजार १८८ मत छ ।
उपप्रमुखमा कांग्रेसको अग्रतालाई एमालेले फराकिलो मतअन्तरलाई थोरै अंकमा खुम्च्याएको छ। उपप्रमुखमा मत अन्तर ३२ मात्र छ । कांग्रेसकी उपप्रमुखकी उम्मेदवार सरिता राईको ९ हजार ९९ मत छ । एमालेकी उपप्रमुख महेश्वरी राईको ९ हजार ६७ मत रहेको छ ।
हाल तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको ५ हजार ४९५ मत रहेको छ । अब गन्न बाँकी मत १० हजार ६०४ छ । १६ वडा रहेको त्रियुगामा ४० हजार १७९ मत खसेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।