काठमाडौं । गाउँ विकास गर्ने एकमात्र सपना बोकेर चुनावी मैदानमा होमिएका सुविन ढुंगना उदयपुरको कटारी नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी ८८९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका कास बहादुर दनुवार ८४४ मत प्राप्त गरे। ढुंगनाले गाउँ विकास र गरिबी अन्त्य नै आफ्नो प्रमुख प्राथमिकता भएको बताउँदै आएका छन्।
‘मेरो प्राथमिकता गाउँको विकासका हो। म गरिबीको अन्त्य चाहान्छु। त्यसका लागि मसँग योजना र कार्यक्रम छन्, त्यसलाई अब कार्यान्वयन गर्ने हो’ ढुंगानाले भने, ‘म सँधै जनताप्रति वफदार रहेर जनताकै सेवामा तल्लिन हुन चाहान्छु । जातलाई देखाएर गरिने सम्पूर्ण विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने मेरो उद्देश्य छ।’
नगरपालिकाको मेयरमा पनि कांग्रेसकै राजेस चन्द्र श्रेष्ठ ६ हजार ४१७ मत ल्याएर विजयी भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।