काठमाडौँ- गायक तथा संगीतकार अर्जुन सापकोटा र गायिका लक्ष्मी खड्काको आवाजमा लोकदोहोरी गीत 'तोरी फुलेको...' रिजिल भएको छ ।
नरेन्द्र सिंह टमटाको लय तथा शब्दमा तयार पारिएको उक्त गीत मेशना म्युजिक युटुब च्यानल मार्फत सुक्रबार रिलिज भएको हो ।
सुनिल परियारको संगीत संयोजनमा रहेको उक्त गीत छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको छ । भिडिओमा मोडल अर्जुन सापकोटा, रोशन परियार र सुष्मा धमलाको अभिनय देख्न सकिन्छ ।
प्रेम थापाको निर्देशनमा रहेको भिडिओमा राम केसी को छायाँकन रहेको छ । जनता डिजिटलको ब्यानरमा तयार पारिएको भिडियोलाई दिपक बिस्टको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।