बुधवार, आषाढ १५ २०७९Jun 29 2022

Logo
images
images
images
images

कम्युनिस्ट मेयरले गरे वीपीको शालिकमा माल्यार्पण, कांग्रेसजनमा खुसियाली 

कम्युनिस्ट मेयरले गरे वीपीको शालिकमा माल्यार्पण, कांग्रेसजनमा खुसियाली 

  • मिडिया डबली
  • बिहिवार, जेठ १२ २०७९

  • 6.2K
    SHARES

  • कम्युनिस्ट मेयरले गरे वीपीको शालिकमा माल्यार्पण, कांग्रेसजनमा खुसियाली 

    पोखरा । चुनाव जितेपछि पोखराका मेयर धनराज आचार्यले कांग्रेस संस्थापक नेता स्व वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । नेपाली कांग्रेसको काँधमा बसेर चुनाव जितेका धनराजको ५ वर्षे कार्यकाल सहज बाटोमा छैन । तर उनले आफुलाई निकै सुझबुझ हिसावले अघि बढाइरहेका छन् ।

    एकीकृत समाजवादीबाट उनी एक्लै विजयी हुँदा पोखराको कार्यपालिका कांग्रेसको बहुमतमा छ भने नगरसभा एमालेको बहुमतमा । आचार्यलाई न कांग्रेसलाई मात्रै रिझाएर सुख छ, नत एमालेसँग मात्रै नजिकिएर । अघिल्लो दिन वीपीको शालिकमा फूल चढाएका उनले दोश्रो दिन पुष्पलालको शालिकमा माल्यार्पण गरे ।

    images
    images
    images
    images

    धनराजले पोखरालाई पर्यटकीय राजधानी र फूलको सहर बनाउने घोषणा सहित फूल रोपेर कार्यभार सम्हालेका छन् । पोखरा सभागृहमा सपथ ग्रहण गरेपछि उनी उपप्रमुख र वडाध्यक्ष तथा सदस्यहरु लिएर फूल फूल रोप्न पुगे । पोखराको जीरो हल्लनचोक सडक खण्डमा राखिएको डिभाइडरमा सबै जनप्रतिनिधिले फूल रोपे । ‘पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने हो । यो सहरलाई फूलैफूलको सहर बनाइने छ,’ उनले भने ।

    आचार्यले पदभारसँगै पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेका छन् । यसअघि पनि यस्तो सिफारिस पटक पटक भएकोमा कार्यान्वयनमा गएको थिएन । आचार्यले पहिलो निर्णय नै यही गरे । गण्डकी प्रदेश सरकारले पनि पर्यटकीय राजधानी घोषणाका लागि संघमा सिफारिस गरिसकेको छ । तर संघ सरकारले निर्णय दिएको छैन ।

    संघीय मन्त्री किसान श्रेष्ठले छिटै उक्त घोषणा मन्त्रीपरिषद्बाट गरिने बताए । धनराजलाई बधाई दिन पोखरा आएका उनले भने, ‘पोखरा पर्यटनको राजधानी हो । मन्त्रीपरिषद्बाट केही दिनमै  निर्णय हुनेछ । म त्यसको लागि पहल गर्छु ।’

    यस्तै, आचार्यले पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’ प्रतियोगिता गर्ने निर्णय गरे । आगामी बजेटमा व्यवस्था गर्ने गरी २ लाख रुपैयाँ पुरस्कार राशी राखेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त डिजाइन थ्री डीमा तयार गर्नुपर्ने छ । योसँगै न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । वडाको सिफारिसका आधारमा पोषणभत्ता दिने निर्णय गरिएको हो । तर रकम भने खुलाइएको छैन ।

    मेयरसँगै उपमेयर मन्जुदेवी गुरुङले पनि छुट्टै निर्णयमा हस्ताक्षर गरेकी छिन् । उनले महागरका अपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रम सन्चालन गर्ने निर्णयमा हस्ताक्षर गरिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend