काठमाडौं । भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सोमबार पदभार ग्रहण गरेका छन्। दोस्रो पटक मेयरमा निर्वाचित भएका आलेले पदभार ग्रहण गर्दै विपन्न नागरिकलाई निःशुल्क पानी र बिजुलीका मिटर निःशुल्क जडान गर्ने निर्णय गरेका छन्।
यस्तै, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय नगरपालिकाले गरेको छ। सदरमुकाम र आसपासमा अब्यवस्थित बिद्युतको तार हटाएर एबिसी केवल लगाउने निर्णय समेत गरिएको छ।
‘विपन्नताका कारण नगरभित्रका कतिपय घर परिवारहरुले खानेपानी तथा बिद्युत सेवाको पहुँचमा नभएकाले त्यस्ता परिवारलाई खानेपानी र बिद्युत जडानको व्यवस्था नगरपालिकाले गर्ने छ,’ आलेले भनेका छन्, ‘६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि, निःशुल्क एम्बुलेन्स सेवा र बिद्युतीय दुर्घटनालाई मध्यनजर गर्दै बजार क्षेत्रमा अव्यवस्थित बिद्युतका तार हटाएर एबिसी केवुल मार्फत बिद्युत लाइन व्यवस्थित गरिने छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।