काठमाडौं- स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ ।
बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १ स्थानीय तहमा विजय हासिल गरेको छ । ४ सय ३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय १ स्थानीय तहमा जित हासिल गरेको हो ।
कांग्रेसले १ सय २० स्थानीय तह मा अग्रता कायमै गरिरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको एमाले भने दोस्रो स्थानमा झर्ने देखिएको छ ।
एमालेले यो समाचार तयार पार्दासम्म १ सय २२ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७५ स्थानीय तहमा अग्रता लिइरहेको छ।
माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले ८४ स्थानीय तहमा जित हासिल गरेको छ भने ३१ स्थानीय तहमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीले ७ स्थानीय तहमा जित निकालेको छ ।
उसका उम्मेदवारले १४ स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित निकाल्दा २८ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले भने १० स्थानीय तहमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरूले १२ स्थानीय तहमा जित हासिल गरेका छन् भने १६ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।