रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जना घाइते भएका छन्। घाइते हुनेमा म्यादी प्रहरीहरू टंकप्रसाद गौतम र मनोज सुनुवार तथा प्रहरी जवान जलन राई छन्।
रामेछाप नगरपालिका–१ गोठगाउँबाट मतपेटिका लिएर रामेछाप बजार जाँदै गरेको गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।