स्याङ्जा । स्याङ्जा वालिङ–१४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना भएको छ। दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो ।
जिल्ला प्रहरी कार्यालयले १२ जना घाईतेलाई उपचारका लागि लगिएको बताएको छ। अहिले उद्धारको कार्य जारी छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।