गोरखा । गोरखाबाट बेहुली लिएर चितवन जाने क्रममा जीप दुर्घटना हुँदा तीन जना जन्तीको मृत्यु भएको छ ।बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको हुँदा तीनजनाको मृत्यू भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
मृत्यू हुनेमा बारपाक सुलीकोट गाउँपालिका ६ चनौटेका ५० बर्षका देवीप्रसाद पोखरेल, लम्जुङ दुराडाँडा घर भई हाल काठमाडौँ महानगरपालिका १६ बस्ने ५१ बर्षका कमल न्यौपाने र कावासोती १४ का ८० बर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले बताए ।
प्रहरीका अनुसार चालकले ओह्रालोमा जीप स्टार्टमा राखेर यात्रु चढाउन थालेको तर आफूभित्र नबस्दा जीप गुडेर भीरबाट करिब दुईसय मिटर तल खसेको थियो । चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।