आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

नयाँ पत्रिकाकर्मी मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार

नयाँ पत्रिकाकर्मी मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार

  • मिडिया डबली
  • सोमवार, बैशाख १९ २०७९

  • 4.5K
    SHARES

  • नयाँ पत्रिकाकर्मी मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार

    काठमाडौं– नयाँ पत्रिकाकर्मी दिवाकर मैनाली ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७’ बाट पुरस्कृत भएका छन् । सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार मैनालीलाई नातिकाजी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेकी हु्न् । यो पुरस्कारबाट पत्रकार विजयरत्न तुलाधर पनि पुरस्कृत भएका छन् ।

    नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्य सम्मानित भएकी छन् । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बीबी थापा (रचना), नारयाणदास कार्की ढली (बाद्यबादन), शिला पनत (रचना), सीताराम पोखरेल (गायन/रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा/संगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ । यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिएको छ । 

    नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डीपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार)लाई सम्मानसहित पुरस्कृत गरिएको छ । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेललाई दिइएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी श्रेष्ठ नेपाली संगीतको स्वर्णिम काल भित्र्याउने स्रस्टा भएको बताएकी छन् । नातिकाजी स्मृति समाजद्वारा सोमबार राष्ट्रपति कार्यालयमा आयोजित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार, २०७७’ समारोहमा उनले पुराना सर्जकले सिर्जना गरेका संगीतलाई नयाँमा पुस्तान्तरण गर्नुपर्ने उल्लेख गरिन् ।

    नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म संगीत सिर्जनामा लागेको उल्लेख गरे । उनले नातिकाजी सम्मान तथा पुरस्कार राज्य तहबाटै प्रदान गर्नुपर्ने बताए । त्यसका लागि राज्यले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १९ २०७९१०:३८:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend