रामेछाप - रामेछापमा पाँच दलिय गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ। नेपाली कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि गठबन्धन दलबीच तालमेल नहुने निश्चित भएको हो।
चुनावी तालमेलका लागि एक सातायता भएका वार्ताले सकारात्मक रुप नलिएपछि कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको हो । कांग्रेस र माओवादी केन्द्र आफ्नै अडानमा रहँदा गठबन्धनबाट साझा उम्मेदवार छनोट हुन नसकेको हो ।
नेपाली कांग्रेसले जिल्लाका ८ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार समेतको टुंगो लगाएको छ । नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायणबहादुर बोगटीका अनुसार रामेछाप नगरपालिकाको प्रमुखमा लवश्री न्यौपाने र उपप्रमुखमा सुशीला लामा, मन्थली नगरपालिकाको प्रमुखमा विनोद कार्की र उपप्रमुखमा यशोदा श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । यसैगरी लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ (खड्का), गोकुलगंगा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र उपाध्यक्षमा उषा कार्की, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा जितबहादुर कटुवाल र उपाध्यक्षमा सावित्रा सुनुवारलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापामगर, खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नवराज थोकर र उपाध्यक्षमा चण्डिका उप्रेतीले उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै सुनापति गाउँपालिकाको अध्यक्षमा कमान खड्का (दिपेन्द्र) र उपाध्यक्षमा शान्ति लामालाई उम्मेदवार बनाइएको छ । कांग्रेसले जिल्लाका ६४ वटै वडाका अध्यक्षसमेतको टुंगो लगाइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।