काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डिआईजीका लागि बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले चार एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको हो।
सिफारिस हुनेहरुमा नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद अलाम खाँलाई रहेका छन्। प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम चार अनुसार उनीहरुलाई बढुवा गरिएको बढुवा समितिले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।