काठमाडौं - व्यवसायी पृथ्वीबहादुर शाहले आफूसँग पैसा बार्गेनिंग गर्दै समाचार लेखिएको भन्दै छानवीन गरिदिन बुधबार प्रेस काउन्सिल नेपालमा निवदेन दर्ता गराएका छन् ।
कान्तिपुरका पत्रकारले मध्यराती टेलिफोन गरी बार्गेनिंग गरेको, मानसिक रुपमा तनाव दिएको, पैसा दिन नमान्दा समाचार लेखिएको दावी सहित काउन्सिलमा शाह पुगेका हुन् । निवेदन लिएर बुधबार उनी अवेर कानुनव्यवसायी सहित पुगेको काउन्सिल स्रोतले बतायो ।
शाहले अमेरिकाबाट ४० करोड रुपैयाँ अवैध रुपैया भित्र्याउन लागेको र त्यसमा अर्थमन्त्री जनार्दन शर्माको समेत शंकास्पद भूमिका रहेको भन्दै केही दिनदेखि समाचार आइरहेको छ ।
शाहले त्यसलाई विभिन्न माध्यममार्फत खण्डन गरिरहेका छन् । तर, कान्तिपुरले आफ्नो समाचारको खण्डन नगरेको, आफ्नो भनाईलाई वेवास्ता गरेको उल्टै पत्रकार प्रयोग गरी बार्गेनिंग गरेको आरोप लगाएका छन् ।
निवदेनमा उनले कान्तिपुरका दाहाल र आचार्य थरका पत्रकारले धम्क्याउँदै बार्गेनिंग गरेको दावी गरेका छन् । काउन्सिलले केही अघि समाचारमा बार्गेनिंग गरेको विषयलाई गम्भीर रुपमा लिंदै कुनै पनि सञ्चारमाध्यमबाट त्यस्तो काम भएमा सप्रमाण उजुर लिएर आउन सार्वजनिक रुपमा अपिल गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।