काठमाडौँ- नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरशिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ ।
सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको नबिल एसएसई अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आह्वान गरिएको हो ।
एत्भटिजमेन्ट एन एम बि बैक आर एम सी तानसिनफेलोशिप कार्यक्रम भने यस अघि नै शुरू भइसकेको छ ।
प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरू र क्षेत्रहरूमा देशभर सामाजिक उद्यमशिलता प्रबर्द्धनलाई जोड दिएको छ ।
मानिसहरूलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरू वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो ।
भायोनेट कमिनिकेशन लक्ष्मी बैक मारुती इनसाइड यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने छ । यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरूसँग साझेदारी गरिएको छ ।
यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ । आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकहरूले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरूको छनौट गरिनेछ । छनौटमा परेका सहभागीहरूलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरूमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागि गराइनेछ ।
तीन महिनाको प्रशिक्षणपछि सहभागीहरू उद्यमशील सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।
प्रदेश १ मा महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस– बिराटनगर, मधेश प्रदेशमा बीरगंज पब्लिक कलेज – बीरगंज, बाग्मती प्रदेशमा काम्पिएन कलेज – ललितपुर, गण्डकी प्रदेशमा ला ग्रान्डि इन्टरनेसनल कलेज – पोखरा, लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेसनल कलेज – बुटवल, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज – बिरेन्द्रनगर र सुदुर पश्चिमाञ्चल प्रदेशमा सुदुर पश्चिमाञ्चल अकाडेमी – धनगढी नबिल बैंकको यस कार्यक्रममा साझेदार छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।