लालबन्दी - जागरण अभियान नेपालको अध्यक्षमा शर्मिला थापा चयन भएकी छन् । गैरसरकारी संस्था जागरण अभियान नेपालको १३औँ साधारणसभाबाट थापा अध्यक्षमा चयन भएकी हुन् ।
शनिबार एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भयो । थापा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी छन् ।
२०५८ सालमा स्थापना भई विभिन्न सामाजिक काममा संलग्न हुँदै आइरहेको संस्थाको कार्यालय सर्लाहीको लालबन्दी नगरपालिका–९, मा रहेको छ ।
संस्थाको उपाध्यक्षमा डोरबहादुर बुढाथोकी, सचिवमा भाग्यनारायण चौधरी, कोषाध्यक्षमा पुनम ढुंगेल, सदस्यहरुमा वीरेन्द्र महरा, रमित माझी र गोविन्द चौधरी छन् ।
संस्थाका निवर्तमान अध्यक्ष प्रशान्त आचार्यको अध्यक्षता तथा लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपालप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित पदस्थापन कार्यक्रममा बाल संरक्षण संस्थाकी अध्यक्ष मुना उपाध्याय, जनज्योति बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।