बिहिवार, जेठ १२ २०७९May 26 2022

Logo
images
images
images
images
राजनीतिक बिशेष

कांग्रेस प्रवक्तामा लेखक र खतिवडाबीच प्रतिस्पर्धा, को नेता कसको पक्षमा ?

कांग्रेस प्रवक्तामा लेखक र खतिवडाबीच प्रतिस्पर्धा, को नेता कसको पक्षमा ?

  • मिडिया डबली
  • शुक्रवार, माघ १४ २०७८

  • 8.5K
    SHARES

  • कांग्रेस प्रवक्तामा लेखक र खतिवडाबीच प्रतिस्पर्धा, को नेता कसको पक्षमा ?

    काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशन सकिएको करिब दुई महिना हुन लागेको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीको हैसियतमा रहेका प्रवक्ता अहिलेसम्म मनोनयन गर्न सकेका छैनन् ।

    अहिले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेता कोही पनि छैन । अझै पनि महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको औपचारिक धारणा सार्वजनिक गरिरहेका छन् ।

    images
    images
    images
    images

    जबकि उनले प्रवक्ताबाट राजीनामा दिइसकेका छन् । अहिले पार्टी प्रवक्ताका लागि दुई नेताको अधिक चर्चा छ । ती हुन् केन्द्रीय सदस्य रमेश लेखक र रामहरि खतिवडा । पार्टी सभापति देउवा लेखकलाई प्रवक्ता बनाउन चाहन्छन् ।

    तर, पार्टीभित्रै लेखकलाई प्रवक्ता बनाउन नहुने समूह बलियो छ । उपसभापति पूर्णबहादुर खड्का र प्रभावशाली केन्द्रीय सदस्य बालकृष्ण खाँण लेखकलाई प्रवक्ता बनाउन नहुने पक्षमा छन् ।

    स्रोतका अनुसार लेखक हार्डलाइनर भएकाले पनि उनलाई प्रवक्ता बनाउन नहुने धारणा उठेको हो । कांग्रेस उच्च स्रोतका अनुसार पार्टी प्रवक्तामा केन्द्रीय सदस्य रामहरि खतिवडालाई बनाउनुपर्ने आवाज बलियो छ ।

    उपसभापति खड्का र केन्द्रीय सदस्य खाँण खतिवडाको पक्षमा छन् । हालैसम्म पार्टीको १४औं महाधिवेशनमा खतिवडा टप ५ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

    त्यसैले प्रवक्ता बनाउने नै हो भने खतिवडालाई बनाउन सभापति देउवालाई नेता खड्का र खाँणले सल्लाह दिएका छन् । तर, सभापति देउवा भने सुदूरपश्चिमको नाताले पनि लेखकलाई नै प्रवक्ता बनाउन चाहन्छन् ।

    त्यही भएर शुक्रबार गठन गरिएको कांग्रेसको ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा लेखकलाई राखिएको छैन । जबकि देउवाका हरेक काम लेखकले नै गर्दै आएका छन् ।

    कार्यसम्पादन समितिमा पार्टी प्रवक्ता स्वतः हुने भएकाले लेखकको नाम जानीजानी देउवाले नराखेको बालुवाटार स्रोतले बतायो ।

    पार्टी प्रवक्ता मिडियासँग सम्बन्ध राम्रो भएको, सामाजिक सञ्जालमा आइरहने, पार्टीको धारणा र विपक्षी दलसँग भिड्ने खालको हुनुपर्ने हुन्छ ।

    जुन यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा प्रभावकारी देखिएका थिए । लेखकको तुलनामा खतिवडाको राम्रो पकड छ । लेखक भने मिडियासँग बोल्न चाहन्नन् । सामाजिक सञ्जालमा त उनको उपस्थिति शून्य बराबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend