काठमाडौँ- लोक तथा दोहोरी गायक पुरुसोत्तम पौडेलले 'फूल भिरैमा...' बोलको गीत बजारमा ल्याएका छन् । गायक पौडेल, गायीका सुनिता बुढा क्षेत्री र लक्ष्मी खड्काको स्वरमा गीत बजारमा ल्याएका हुन् । '
'फूल भिरैमा' लगायतका मायालु टुक्का प्रयोग भएको गीत पुरुशोत्तम पौडेल युटुब च्यानलमार्फत बजारमा आएको हो । गीतमा चर्चित मोडल आसिर प्रताप जंग, सञ्जिव न्यौपाने समर, स्मारीका ढकाल, समारीका ढकाल, शिब पौडेल र एन्जिला केसीको अभिनय देख्न सकिन्छ ।
गीतको थेगो समेत निमार्ण गरेका शिब पौडेल हास्य कलाकारको रुपमा गीतमा देखिएका छन् । त्यस्तै, नेत्र अर्यालको शब्द, गायक पौडेलको संगित रहेको गीतको बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।
गीतको अडियो सम्पादन भने खडक बराजुलिले गरेका हुन् । ऋषी बराल ‘श्रीजन’को निर्देशन रहेको फूल भिरैमाको अडियो भिडिओको काम उमंग म्यूजिक प्रा.लिले गरेको हो ।
रामशरण उप्रेतीले छायांङ्कन गरेको गीतको दुश्य सम्पादन तथा कलर शिब पौडेलले गरेका हुन् । गीतमा श्रृङ्गार आर्टीशका रुपमा दिपशन परियार रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।