काठमाडौं - कोरोना संक्रमण जोखिम न्यूनीकरणका विषयमा छलफल गर्न आज उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाअधिकारीहरुको बैठक बस्दैछ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार सिफारिस गरेका १३ बुँदे सुझावका विषयमा निर्णय गर्न दिउँसो बैठक बोलाइएको हो । बैठकमा संक्रमण बढ्दै गएको अवस्था संक्रमण तथा जोखिम न्यूनीकरणका लागि चाल्ने कदमका विषयमा छलफल हुने बताइएको छ ।
सीसीएमसीले गरेको सिफारिसको आधारमा काठमाडौं उपत्यकाका तीनै सीडीओले जोखिम पहिचान गर्दै आवश्यक पर्ने क्षेत्रहरु बन्द गर्ने तयारी उपत्यकाका प्रशासन कार्यालयको छ ।
उपत्यकाका केही ठाउँमा संक्रमण दर बढ्दै गएकाले त्यस्ता ठाउँमा के–कस्तो रणनीति अपनाउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।