काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय सदस्यतर्फको विभिन्न क्लस्टरको मतगणना अन्तिम चरणमा पुगेको छ । अब केही प्रदेश र आदिवासी जनजाति समुदायतर्फका मात्र मतगणना हुन बाँकी छ ।
निर्वाचन समितिले बुधबार सबै परिणाम आउने जानकारी दिइसकेको छ । यसैक्रममा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सर्वाधिक मतसहित धनुषाकी मुक्ताकुमारी यादव केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
उनी अहिलेसम्म कांग्रेसको ‘म्यान अफ द इलेक्सन’ बन्न सफल भएकी छन् । हालसम्म कांग्रेस नेता डा.शशांक कोइराला अगाडि थिए । तर, मुक्ताले मंगलबार मधेसी महिलातर्फको केन्द्रीय सदस्यको निर्वाचनमा ३९६९ मत पाएकी छन् ।
जुन शशांकको भन्दा १३३ मतले धेरै हो । शशांकले ३८३६ मत ल्याएका थिए । मधेसी महिलाबाट चारजना जितेकोमा मुक्ताले सबैभन्दा बढी मत ल्याएर जितेकी छन् । यादव पूर्वसांसद हुन् ।
संविधानसभाकी सदस्य भइसकेकी यादव धनुषाकी हुन् । यसअघि उनी राष्ट्रिय सभा सदस्यसमेत भएकी थिइन् । उनी सभापति शेरबहादुर देउवा निकट हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।