काठमाडौं - माओवादी केन्द्रका नेता एवं सभामुख अग्निप्रसाद सापकोटाले पत्रकारसँग दुश्मनी लिएका छन् । संघीय संसद् प्रतिनिधिसभाको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई प्रवेश गर्न नदिएर सापकोटाले आफ्नो असली अनुहार देखाएका छन् ।
संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्ष प्रवेशमा पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै रोक लगाएका थिए ।
नियमित रुपमा पत्रकारहरूले प्रत्यक्ष रिपोर्टिङ गर्न जाने क्रममा मर्यादापालक ‘प्रहरी सुरक्षाकर्मी’ले रोक लगाएका हुन् । यसअघि पत्रकारहरूलाई सहज रुपमा प्रवेश हुँदै आएको थियो । माथिको आदेश भनेको सभामुख सापकोटा नै हुन् ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पत्रकारहरूलाई जान नदिनेबारे आफूले मंगलबार बिहानै थाहा पाएको बताए । तर कारण उनले पनि भनेका छैनन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गरिराखेको छ । एमालेको अवरोध र नाराबाजीका बीच सभामुख सापकोटाले सदनको कारबाही अगाडि बढाएका थिए ।
दुईवटा अध्यादेश स्वीकृत गर्दै बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।