काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
अन्तिम मतपरिणामअनुसार सर्वाधिक मतसहित डा. डिला संग्रौला केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
संग्रौलाले सबैभन्दा धेरै २ हजार ८८५ मत पाएकी छन् । यस्तै पुष्पा भुसाल २ हजार ७१८ मत ल्याएर निर्वाचित भएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवाले २ हजार ५३६ मतसहित निर्वाचित भएकी छन् ।
उम्मेदवार अम्बिका बस्नेत २ हजार ३३९, ईश्वरी न्यौपाने २ हजार २५९, सरिता प्रसाईं २ हजार ९६, रमा कोइराला पौडेल १ हजार ८५८, सुशीला ढकाल आचार्य १ हजार ८०४ र रंगमती शाही १ हजार ७८९ मतसहित विजयी भएकी छन् ।
खुला महिला केन्द्रीय सदस्य पदमा ९ जना निर्वाचित हुनेमा ३० जना उम्मेदवार रहेको थियो ।
कसको कति भोट ? हेर्नुहोस् सूची –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।