आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

कैलालीमा युवकको घाँटी रेटेर हत्या [ फरार अभियुक्तको रेकर्डसहित ]

कैलालीमा युवकको घाँटी रेटेर हत्या [ फरार अभियुक्तको रेकर्डसहित ]

  • मिडिया डबली
  • आइतवार, पौष ४ २०७८

  • 4.4K
    SHARES

  • कैलालीमा युवकको घाँटी रेटेर हत्या [ फरार अभियुक्तको रेकर्डसहित ]

    काठमाडौँ- कैलालीमा २५ वर्षीय अरुण दासको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा शव फेला परेको छ ।

    हत्यापछि मनोज नाम गरेका युवकको फोन रेकर्ड सार्वजनिक भएको छ । उनले फोनमा टाउको छिनालेर सीमा कटिसकेको बताएका छन् । फोन रेकर्डमा घाँटी र शरीर अलग पारेको बताएका छन् ।

    हत्या लागूऔषधको कारोबारसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दासलाई रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि विभत्स तरिकाले हत्या गरेको खुलेको छ । हत्या गरिएका दास परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए ।

    उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाई भारतमा बस्दै आएका छन् । घटना योजनावद्ध तरिकाले भएको खुलेको छ । अभियुक्तले सुमित दाईको नाम लिएका छन् ।

    उनले घाँटी र शरीर अलग भएको र आफू फरार भइसकेको बताएका छन् । उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घटनामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् ।

    घटनाका बेलामा विभिन्न व्यक्तिसँग समेत विवाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ४ २०७८०३:४८:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend