काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा साँझ साढे ६ बजेसम्म २ हजार १०० मत खसेको छ ।
दोस्रो चरणको चुनावका प्रतिस्पर्धीहरू सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनावी भिडन्त भइरहेको छ ।
पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भइरहेको छ । केही घण्टामा मतदान सकेर राति नै मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।