काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान काठमाडौंको राष्ट्रिय सभागृहमा चलिरहेको छ ।
पहिलो चरणको मतगणनाबाट सभापतिमा कुनै पनि उम्मेदवारले जीतका लागि आवश्यक बहुमत पाउन नसकेपछि मंगलवार फेरि मतदान भएको छ ।
दोस्रो चरणको मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत मात्रै खसेका निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरु शेरबहादुर देउवा र डा. शेखर कोइराला यतिबेला मतदानस्थलमा आफ्नो पक्षमा माहोल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त रहेका छन् ।
पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।