शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अब देउवाको नजरमा प्रकाशमान सिंह, सभापति जित्न यस्तो खेल सुरु

अब देउवाको नजरमा प्रकाशमान सिंह, सभापति जित्न यस्तो खेल सुरु

  • मिडिया डबली
  • मंगलवार, मंसिर २८ २०७८

  • 8.9K
    SHARES

  • अब देउवाको नजरमा प्रकाशमान सिंह, सभापति जित्न यस्तो खेल सुरु

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनाव दोस्रो चरणमा जाने निश्चित भएपछि सभापति शेरबहादुर देउवाले अर्का उम्मेदवार प्रकाशमान सिंहलाई फकाउन सुरु गरेका छन् ।

    देउवाले दोस्रो चरणको चुनावको तयारीका लागि सिंहलाई फकाउने खेल सुरु गरिसकेका छन् ।

    सभापति पदमा सबैभन्दा बढी मत प्राप्त गरेका शेरबहादुर देउवालाई समर्थनको आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँण नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका जनाइएको छ ।

    सभापतिमा कूल ४६७९ मतगणना हुँदा शेरबहादुर देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९, कल्याण गुरुङले २० मत ल्याएका छन् ।

    कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । सभापति निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन अनिवार्य हुने व्यवस्था कांग्रेस विधानले गरेको छ । जसअनुसार सभापति जित्न २३४० मत चाहिने थियो ।

    अब दोस्रो चरणमा सभापति देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend