काठमाडौं - नेपाली कांगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचन शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
वरिष्ठ नेता पौडेलसँग आइतबार बिहान प्रधानमन्त्री देउवाले पौडेल निवास बोहोराटार पुगेर भेट गरेका थिए । उक्त भेटमा पौडेलले आफ्नो पूरा समर्थन रहेको बताएका थिए ।
शेखर कोइराला–प्रकाशमान सिंहसहितका नेताहरूले वरिष्ठ नेता पौडेललाई पार्टी सभापतिमा समर्थन नगरेपछि उनी केन्द्रीय सदस्यमा समेत उम्मेदवारी नदिई बसेका छन् ।
नेता पौडेलले आफ्नो समर्थन देउवालाई दिएको बताएका हुन् । ‘बुबाले पार्टी सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नु भएको छ’, नेता पौडेलका छोरा चिन्तले भनेका छन् ।
महामन्त्री समेत रहेका वीपी पुत्र डा.शशांकले पनि पार्टी सभापतिमा अनुभवी र परिपक्क व्यक्ति आवश्यक रहेको भन्दै आफ्नो समर्थन देउवामा रहेको जनाएका छन् ।
देउवालाई भेट्न महामन्त्री डा.शशांक कोइराला आइतबार दिउँसो बालुवाटार पुगेको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । देउवाको प्यानलको सूचीमा डा.शशांक खुल्लातर्फको केन्द्रीय सदस्यमा छन् । उनीसँगै केही केन्द्रीय सदस्यहरूलाई देउवा प्यानलमा समावेश गरिएको छ ।
वरिष्ठ नेता पौडेल र महामन्त्री डा.कोइरालाको समर्थनसँगै देउवा झण्डै ३ हजार मतले अगाडि दिएका छन् । नेपाली कांग्रेसको महाधिवेशनमन ४७ सय ३० मतदाता छन् ।
मतदान सोमबार बिहान ८ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । देउवा र पौडेल–शशांकबीच भएको यो समहमतिले सभापतिमा देउवाको पहिलो चरणमै जित सुनिश्चित भएको छ ।
यो सहमतिले सभापतिका उम्मेदवार शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई झट्का लागेको छ । शेखरको पत्रकार सम्मेलनमा रामचन्द्र पौडेल र डा.शशांक कोइराला गएका थिएनन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।