शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

रामचन्द्र–शशांक-सिटौलाका मान्छेहरु देउवा टिममा परेको सत्य हो ? यस्तो छ यथार्थ

रामचन्द्र–शशांक-सिटौलाका मान्छेहरु देउवा टिममा परेको सत्य हो ? यस्तो छ यथार्थ

  • मिडिया डबली
  • सोमवार, मंसिर २७ २०७८

  • 6.7K
    SHARES

  • रामचन्द्र–शशांक-सिटौलाका मान्छेहरु देउवा टिममा परेको सत्य हो ? यस्तो छ यथार्थ

    काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार बनेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानल सार्वजनिक भएको छ । देउवाको प्यानलमा नेता कृष्णप्रसाद सिटौला, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाका केही उम्मेदवारहरू पनि परेका छन् ।

    सभापतिमा देउवा, उप–सभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेलको नाम प्यानलमा छ ।

    सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, मानबहादर विश्वकर्मा, भीष्मराज आङदम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवनबहादुर शाही छन् ।

    ३५ सिटका लागि खुला केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, डा.शशांक कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, सुनिलबहादुर थापा, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, गाविन्द भट्टराई, मोहनबहादुर बस्नेत, रमेश लेखक, हरिप्रसाद नेपाल, डा.गोपाल दहित, मंगलप्रसाद थारु, पदमनारायण चौधरी, शम्भुलाल श्रेष्ठ, जिपछिरिङ लामा, उदयशम्शेर राणा, मदनबहादुर अमात्य, कृष्णकिशोर घिमिरे, वीरेन्द्रकुमार कनौडिया, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, ई.मोहन आचार्य, राजिव ढुंगाना, नरेशबहादुर सिंह, शारदा पौडेल सुधिरकुमार शिवाकोटी, उमेशजंग रायमाझी, रत्नबहादुर कार्की, गुरु बराल, गंगाधर तिवारी, जनकराज गिरी र कुन्दनराज काफ्ले टिममा परेका छन् । केन्द्रीय सदस्य महिला खुला ९ जनामा अम्बिाका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डा.डिला संग्रौला पन्त, डा.आरजु राणा देउवा, रंगमती शाही, जमुना ढकाल, सुशीला ढकाल आचार्य, र रमा कोइराला पौडेल रहेका छन् ।

    प्रदेश केन्द्रीय सदस्यमा महिन्द्रकुमारी लिम्बु, अमृत आर्याल, आनन्द सन्तोषी राई, चित्रलेखा यादव, उर्मिला नेपाल केसी, ध्यानगोविन्द रञ्जित, ध्रुबप्रसाद अधिकारी, सरस्वती अर्याल तिवारी, ध्रुव वाग्ले, सोभियतबहादुर अधिकारी, शिला शर्मा खड्का, चन्द्रबहादुर केसी, देवेन्द्रराज कँडेल, जानकी सिंह, कर्णबहादुर बुढा, राजिवविक्रम शाह, सुशीला मिश्र भट्ट, यज्ञराज जोशी, डा.रणबहादुर रावल, मदनकुष्ण श्रेष्ठ टिममा परेका छन् । प्रदीपकुमार सुनुवार, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक, रुपा विक, टेकबहादुर गुरुङ, योगेन्द्र चौधरी पनि प्यानलमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend