शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

सहमहामन्त्रीको मैदानमा उमाकान्त चौधरी, यस्तो छ कांग्रेसमा राजनीतिक योगदान

सहमहामन्त्रीको मैदानमा उमाकान्त चौधरी, यस्तो छ कांग्रेसमा राजनीतिक योगदान

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 6.6K
    SHARES

  • सहमहामन्त्रीको मैदानमा उमाकान्त चौधरी, यस्तो छ कांग्रेसमा राजनीतिक योगदान

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सहमहामन्त्री थारुतर्फ पदका उम्मेदवार उमाकान्त चौधरी पार्टीमा प्रभावशाली नेता मानिन्छन् । यसैकारण महाधिवेशनमा चौधरी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको रोजाइमा परेर सहमहामन्त्रीमा प्यानलभित्र परेका छन् ।

    हाल प्रतिनिधिसभा सांसद समेत रहेका चौधरी पूर्व खानेपानीमन्त्री समेत हुन् । उनी मधेशमा प्रभावशाली मानिन्छन् ।

    सभापति देउवाकै प्यानलमा परेका र बढी महाधिवेशन प्रतिनिधि भएको मधेश क्षेत्रबाट मत आउनसक्ने भएकाले चौधरीलाई जित्ने उम्मेदवारका रूपमा हेरिएको छ ।

    यस्तो छ चौधरीको राजनीतिक पृष्ठभूमि –

    त्रिविविबाट वनस्पति शास्त्रमा एमएससी गरेका खानेपानी मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य  उमाकान्त चौधरी हाल प्रतिनिधिसभाका सदस्य समेत छन् । 

    २०३६ सालको विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै आएका चौधरी २०४२ सालको सत्याग्रहमा भाग लिए । 

    २०४४ सालमा बारा जिल्ला क्षेत्र नम्बर १ को कांग्रेस क्षेत्रिय उपसभापति भएका चौधरी २०४६ सालको  जनआन्दोलनमा काठमाडौं र बाराको आन्दोलनमा सक्रिय भए । 

    २०४७ सालमा नेविसंघ त्रिविवि समितिको उपसभापति निर्वाचित भइ २०४८ सालमा बारा क्षेत्र नम्बर १ बाट कांग्रेस महासमिति सदस्यमा निर्वाचित भएका हुन् ।

    २०४८ सालमा नेविसंघ केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित । २०४९ मा नेपाली कांग्रेस बारा जिल्ला कार्यसमिति सदस्य भएका थिए । 

    २०५३ सालमा बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए । 

    २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य, २०५६ सालको आम निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

    २०५८ सालमा कृषि तथा सहकारी सहायकमन्त्री बने भने २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए ।

    २०६२/०६३ को जनआन्दोलनमा आन्दोलन परिचालन समिति कमाण्डर र २०६४ सालमा नेपाली कांग्रेस केन्द्रीय र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणपछि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य बने ।

    २०६४ सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भए ।

    २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वका संयुक्त सरकारमा कांग्रेसको तर्फबाट स्वाथ्य तथा जनसंख्या मन्त्री बने । 

    २०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । 

    २०७२ सालको १३औं महाधिवेशनमा पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा कृष्णप्रसाद सिटौला समूहबाट प्रत्यासी बनेका चौधरीलाई सभापति देउवाबाट केही सातामै केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित भए । 

    २०७४ सालको आमनिर्वाचनमा बारा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनी २०७८ भदौदेखि खानेपानी मन्त्री समेत रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend