शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस सभापतिका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, अब यी नेताबीच मात्रै भिडन्त !

कांग्रेस सभापतिका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, अब यी नेताबीच मात्रै भिडन्त !

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 6.8K
    SHARES

  • कांग्रेस सभापतिका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, अब यी नेताबीच मात्रै भिडन्त !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका नेताले नै उम्मेदवारी फिर्ता लिएका छन् ।

    सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले बताएका छन् ।

    विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकामध्ये ६० जनाले उम्मेदवारी फिर्ता लिएका जनाइएको छ ।

    निर्वाचन समितिले आईतवार मध्याह्न साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको थियो ।

    सहमहामन्त्री थारु तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले समेत उम्मेदवारी फिर्ता लिएका जनाइएको छ । अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले समेत उम्मेदवारी फिर्ता लिएका जनाइएको छ । 

    सभापति पदको उम्मेदवारी फिर्ता लिएका न्यौपानेले डा. शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरीलाई सघाउने भएका छन् ।

    शनिवार १३४ पदका लागि भएको उम्मेदवारी दर्तामा ५४८ जनाले मनोनयन गरेका थिए । अब सभापतिमा ५ जनाबीच भिडन्त हुने भएको छ ।

    सभापतिमा कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा. शेखरप्रसाद कोइराला, बिमलेन्द्र निधि र शेरबहादुर देउवा भिडन्त हुने भएको छ ।

    केन्द्रीय कार्यसमितिको २ उपसभापति पदमा ७ जनाको उम्मेदवारी कायम हुने भएको छ । उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उम्मेदवार रहेका छन् ।

    कार्यसमितिको २ महामन्त्री पदमा ६ जनाको उम्मेदवारी रहेको छ । महामन्त्रीमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महत उम्मेदवार छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend