काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज आईतबार उम्मेदवारी मनोनयन फिर्ता लिने समय थपिएको छ ।
पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने समय आईतबार बिहान ११ बजेसम्म निर्धारण गरिएकोमा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम भएको छ ।
उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ भने मतदान भोलि सोमबार बिहान ८ बजेदेखि हुने जनाइएको छ ।
यसअघि शनिवार उम्मेदवारी दर्ता बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिएको थियो ।
उम्मेदवारी दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिवार साँझ ५–७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७–९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन राति ९–१२ बजेसम्म गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।