शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस चुनावमा आज उम्मेदवारी फिर्ता, कसरी हुन्छ मतदान ?

कांग्रेस चुनावमा आज उम्मेदवारी फिर्ता, कसरी हुन्छ मतदान ?

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 2.6K
    SHARES

  • कांग्रेस चुनावमा आज उम्मेदवारी फिर्ता, कसरी हुन्छ मतदान ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको जारी १०औं महाधिवेशनमा शनिवार परेका उम्मेदवारी फिर्ता लिन आईतवार बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

    आईतवार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । सोमवार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । 

    राष्ट्रिय सभागृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरी ३ स्थानमा मतदानको व्यवस्था मिलाइने भएको छ । मतदान मतपत्रमार्फत गर्नुपर्ने छ ।

    विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदान गर्न १ जनालाई ४५ मिनेटभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । 

    कांग्रेसको केन्द्रीय कार्यसमितिका १३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend