शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देउवा पक्षले टुंग्यायो यी पदका उम्मेदवार (नामसहित)

देउवा पक्षले टुंग्यायो यी पदका उम्मेदवार (नामसहित)

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 4.9K
    SHARES

  • देउवा पक्षले टुंग्यायो यी पदका उम्मेदवार (नामसहित)

    काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।

    सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ । 

    त्यस्तै खसआर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend