काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्री पदमा चुनाव लड्ने भएका छन् ।
विगतमा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षमा रहेर पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मालाई प्यानलमा समावेश नगरेपछि उनी सिंहको प्यानलमा अटाएका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्मा सिंहले प्यानलबाट महामन्त्री लड्ने निश्चित भएको उनीनिकट स्रोतले जनाएको छ । उम्मेदवारी दर्ता गरेपछि यसबारे औपचारिक घोषणा हुने जनाइएको छ ।
महामन्त्री उम्मेदवारमा सभापति देउवा पक्षबाट प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला पक्षबाट मिनेन्द्र रिजाल र गगनकुमार थापा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।