काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट उपसभापति पदका आकांक्षी रहेका प्रभावशाली नेताहरू अर्जुन नरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डा. शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाए पनि उपसभापतिमा अरु आकांक्षीलाई व्यवस्थापन गर्नुपर्दा केसीद्वय र महत केन्द्रीय सदस्यमै सीमित भएका हुन् । तीनै नेताले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
कोइरालाको टीममा उपसभापति पदमा धनराज गुरुङ र चन्द्र भण्डारी समेटिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।