काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट प्रदेश र समावेशी तर्फका केन्द्रीय सदस्यका आधिकारिक उम्मेदवारी टुंगो लागेको छ ।
देउवा पक्षले ७ प्रदेश तथा समावेशी तर्फका केन्द्रीय उम्मेदवारको टुंगो लगाएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।
प्रदेशबाट २ पुरुष र १ महिला सदस्य बन्ने प्रावधान पार्टीको विधानमा रहेको छ ।
यी हुन् आधिकारिक उम्मेदवारहरू –
प्रदेश १
अमृत अर्याल (मोरङ)
आनन्द सन्तोषी राई (धनकुटा)
महिला- महिन्द्र लिम्बु (झापा)
प्रदेश २
रमेश रिजाल (पर्सा)
आनन्द ढुंगाना (धनुषा)
महिला- चित्रलेखा यादव (सिरहा)
बागमती प्रदेश
ध्यानगोविन्द रञ्जित (काठमाडौं)
ध्रुव अधिकारी (नुवाकोट)
महिला- उर्मिला केसी (ललितपुर)
गण्डकी
ध्रुव वाग्ले (तनहुँ)
सोभियतबहादुर अधिकारी (कास्की)
महिला- सरस्वती तिवारी (स्याङ्जा)
लुम्बिनी
देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम)
चन्द्र केसी (गुल्मी)
महिला- शिला शर्मा खड्का (दाङ)
कर्णाली
कणर्बहादुर बुढा (डोल्पा)
राजीव विक्रम शाह (जाजरकोट)
महिला- जानकी सिंह (सुर्खेत)
सुदूरपश्चिम प्रदेश
डा. रणबहादुर रावल (कैलाली)
यज्ञराज जोशी (कञ्चनपुर)
महिला- सुशीला भट्ट (कैलाली)
मुस्लिम
अब्दुल रज्जाक (रूपन्देही)
अब्दुल सतार (गोरखा)
सुविदा खातुन (बर्दिया)
पिछडिएको क्षेत्र
अर्जुन जंगबहादुर सिंह (बझाङ)
अल्पसंख्यक
प्रदीप सुनुवार (ओखलढुंगा)
अपाङ्गता
मदनकृष्ण श्रेष्ठ (भक्तपुर)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।