काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उद्घाटनसत्र सकिएलगत्तै बन्दसत्र सुरू हुने भएको छ ।
राजधानी काठमाडौंको भृकुटीमण्डपमै बन्दसत्र सुरू हुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
कांग्रेसको निर्वाचन प्रक्रिया शनिवारदेखि सुरू हुनेछ । महाधिवेशनले १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने भएको छ ।
केन्द्रीय कार्यसमिति कोषाध्यक्ष केन्द्रीय सदस्यहरुले चयन गर्ने व्यवस्था रहेको छ ।
कांग्रेसमा उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि शनिबारै साँझ ५–७ बजेसम्म हुने भएको छ ।
दाबी विरोधउपर निर्णय पनि भोलि साँझ ७–९ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।