काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भारतीय जनता पार्टी (भाजपा) नेता डा. हर्षवर्द्धनले प्रशंसा गरेका छन् ।
महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीलाई लिएर प्रशंसा उनले प्रशंसा गरेका हुन् ।
उद्घाटन सत्रमा बोल्दै भाजपा नेता हर्षवर्द्धधनले एउटै मञ्चमा यतिधेरै पूर्व प्रधानमन्त्री हालसम्म नदेखेको बताए । उनले यस्तो दृश्य भारतमा भएका कार्यक्रममा समेत नदेखेको बताएका छन् ।
उद्घाटन सत्रमा उनले भने, ‘एउटै मञ्चमा एकैसाथ यतिधेरै पूर्व प्रधानमन्त्री अहिलेसम्म देखेको थिइनँ, भारतमा पनि देखेको थिइनँ । म सबैलाई नमन गर्न चाहन्छु ।’
कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधामन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दका साथै विभिन्न पार्टीका शीर्ष नेता सहभागी रहेका छन् ।
भाजपा नेता हर्षवर्द्धनले एउटै कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरु उपस्थित हुनु नौलो विषय भएको समेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।