काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता तथा पूर्व सांसद डा. राजाराम कार्कीले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेता कार्कीले सत्यवादी कांग्रेसीलाई न्याय दिनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने बताए । उनले पार्टीले चुनावको टिकट ठगहरू र तस्करहरूलाई दिएको आरोप लगाउँदै भने, ‘वास्तविक कांग्रेसीहरू, पार्टीमा लामो समय संघर्ष गरेका असली कार्यकर्ता र नेताहरूलाई नै पाखा लगाउने काम कांग्रेसले गर्दै आएको छ ।’
कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको बताउँदै आफ्नो महामन्त्रीको उम्मेदवारी राष्ट्रियताको रक्षाका लागि भएको बताएका छन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लामो लडाइँ लडेको भए पनि कांग्रेसमा लोकतन्त्रभन्दा पनि गुटतन्त्र हाबी हुँदै गएको आवास हुन थालेको उनले बताए ।
विक्रम संवत् २०२९ सालमा भैरवी हाइस्कूलको सभापति, २०३० सालमा नेविसंघ धादिङको जिल्ला सभापति, २०३१ सालमा सिक्किम काण्डमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कार्कीले २०३६ साल, २०४२ साल, २०४६ सालको आन्दोलनदेखि २०५६ सालको जनआन्दोलनमा सकेको सम्पूर्ण महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कार्कीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।