शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आजदेखि कांग्रेस महाधिवेशन, सभापतिमा देउवाकै सम्भावना प्रबल !

आजदेखि कांग्रेस महाधिवेशन, सभापतिमा देउवाकै सम्भावना प्रबल !

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 4.6K
    SHARES

  • आजदेखि कांग्रेस महाधिवेशन, सभापतिमा देउवाकै सम्भावना प्रबल !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

    काठमाडौंको भृकुटीमण्डलमा उद्घाटन भएर बन्दसत्र हुनेछ । महाधिवेशनका लागि कार्यक्रमस्थललाई सजाएर आकर्षक बनाइएको छ ।

    शुक्रबार दिउँसो १ बजेदेखि सुरू हुने महाधिवेशनको उद्घाटन सत्रका लागि मञ्च लगायतको व्यवस्थापनको काम पूरा भएको छ ।

    कांग्रेसले करीब १५० जना अट्ने मुख्य मञ्च बनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण बृहत् जनसभा नगर्ने निर्णय गरेको कांग्रेसले महाधिवेशन प्रतिनिधि र शुभेच्छुकका लागि कुर्चीको व्यवस्था गरेको छ ।

    महाधिवेशन उद्घाटनस्थल वरिपरि सवारी व्यवस्थापन सहज पार्न प्रहरीले बिहानैदेखि प्रदर्शनी मार्गमा सवारीसाधन प्रवेश निषेध गरेको छ । राष्ट्रिय सभागृहतर्फ र पद्मोदयमोड तर्फबाट अत्यावश्यक बाहेकका सवारीसाधनलाई प्रदर्शनी मार्गमा प्रवेश गर्न दिइएको छैन ।

    महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसक्दा विवाद कायमै छ ।

    सभापतिमा पुनः देउवाकै सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् । पौडेल पक्ष एकजुट हुन नसकेको प्रत्यक्ष फाइदा देउवालाई पुग्ने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend