शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

संस्थापन इतर पक्षबाट यी हुँदैछन् सभापतिको साझा उम्मेदवार घोषणा, भित्रभित्रै यस्तो तयारी

संस्थापन इतर पक्षबाट यी हुँदैछन् सभापतिको साझा उम्मेदवार घोषणा, भित्रभित्रै यस्तो तयारी

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 4.4K
    SHARES

  • संस्थापन इतर पक्षबाट यी हुँदैछन् सभापतिको साझा उम्मेदवार घोषणा, भित्रभित्रै यस्तो तयारी

    काठमाडौं - नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको केन्द्रीय समिति बैठकपछि मात्रै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय समिति बैठक बोलाएका छन् । सो बैठकपछि मात्रै इतर समूहले साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । 

    बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेखि बसेको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि नेताहरू आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन् । बैठकले नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने भित्री सहमति गरे पनि त्यसलाई सार्वजनिक गरेको भने छैन । 

    आजको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर पनि साझा उम्मेदवार घोषणा गर्ने विषयमा लचक भएका छन् । उनले बैठकमा प्रकाशमान सिंहले माने आफू रामचन्द्र पौडेललाई मान्न तयार रहेको संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए । तर, प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा छन् । 

    इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ। मंगलबार र बुधबार लगातार छलफल गरे पनि आकांक्षीहरूबीच सहमति जुट्न सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी छन् ।

    यद्यपि महामन्त्री शशांक कोइरालाले मंगलबारको बैठकमै पौडेलका लागि सभापतिमा आफूले दाबी छाड्ने बताइसकेका छन्  तर त्यसका लागि प्रकाशमान र शेखरबीच सहमति हुनुपर्ने उनको अडान छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend