काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि निर्वाचन आचारसंहिता सार्वजनिक गरिएको छ ।
आज बुधवार केन्द्रीय निर्वाचन आयोगका संयोजक गोपालकृष्ण घिमिरेले जारी गरेको आचारसंहितामा विभिन्न ६ वटा बुँदा समेटिएका छन् ।
चुनावका लागि मतदानस्थलभित्र (भृकुटीमण्डप/राष्ट्रिय सभागृह) प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा उल्लेख छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, राष्ट्रिय सभागृह/भृकुटीमपण्डप, प्रदर्शनी मार्ग महाधिवेशनसँग सम्बन्धित स्थल रहेकाले त्यस वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामाग्री टाँस्न र माइकिङ गर्न नपाइने समेत आचारसंहिता बनाइएको छ ।
आफ्नो उम्मेदवारीको प्रचारप्रसाद गर्नुपर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सकिने तर कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न नपाइने आचारसंहिता बनाइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।