शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

यसरी बनाउँदैछ कांग्रेसले महाधिवेशन भव्य, ३८ सय प्रतिनिधिलाई होटलमा राखिने, डेढ सय गाडीले सेवा दिने

यसरी बनाउँदैछ कांग्रेसले महाधिवेशन भव्य, ३८ सय प्रतिनिधिलाई होटलमा राखिने, डेढ सय गाडीले सेवा दिने

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 5.3K
    SHARES

  • यसरी बनाउँदैछ कांग्रेसले महाधिवेशन भव्य, ३८ सय प्रतिनिधिलाई होटलमा राखिने, डेढ सय गाडीले सेवा दिने

    काठमाडौं - नेपाली कांग्रेसले १४औं महाधिवेशनलाई भव्य र सभ्य बनाउने भएको छ । कोभिड महामारी नघटेकाले शक्ति प्रदर्शनभन्दा पनि सामान्य तर सभ्य ढंगले महाधिवेशन सम्पन्न गर्ने गरी विभिन्न समितिले तयारी अगाडि बढाएका छन् ।

    मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्न तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।

    हालसम्म तीन हजार आठ सय प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

    अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर प्रतिनिधिहरुलाई होटलसम्म आउन जान गाडीको व्यवस्था गरिएको छ।

    सभास्थलबाट होटलसम्म जान सवारीसाधनको व्यवस्थापन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिएका छन्। यसका लागि डेढ सय गाडी तयारी अवस्थामा राखिने उनले बताए ।

    कोभिड संक्रमणलाई मध्यनजर गरेर कांग्रेसले हरेक प्रतिनिधिलाई स्यानिटाइजर दिने र अनिवार्य मास्कको व्यवस्था गरिएको छ। महाधिवेशन अवधिभरका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको नेता बस्नेतले जानकारी दिए।

    उनका अनुसार स्वास्थ्य परीक्षणका लगि स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ। वीर अस्पतालाई केन्द्रित गरेर कुनै प्रतिनिधि बिरामी भए उपचार गरिने छ।

    कांग्रेसले महाधिवेशनमा एन्टिजेन टेस्ट गर्ने भएको छ। तर त्यसका लागि चिकित्सकको परामर्श अनिवार्य गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend