काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन ४६ सय भन्दा बढी प्रतिनिधि काठमाडौं आउने भएका छन्।
२४ मंसिरदेखि शुरु हुने महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला सभापतिसहित विदेशस्थित जनसम्पर्क समितिबाट कांग्रेस महाधिवेशनमा भाग लिन प्रतिनिधि आउने भएका हुन्।
यसरी देश भित्रबाट आउने प्रतिनिधिहरुलाई ठमेल, गौशाला र सुन्धारामा सुताउने गरी होटलको व्यवस्था गरेको हो । विदेशबाट आउनेहरुका लागि भने थप व्यवस्था हुनेछ ।
कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेले चार हजार बढी महाधिवेशन प्रतिनिधिका लागि तीन स्थानमा ८६ होटल बुकिङ गरिएको जानकारी दिएका छन् ।
ती सबै होटलमा गरी करिब ४६ सय कोठा बुक गरिएको उनले जानकारी दिएका हुन् । महाधिवेशनमा खान र बस्नका लागि मात्रै तीन करोड बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ ।
महाधिवेशनमा आउनेहरुका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको हो । आवास तथा भोजन समितिका संयोजक पाण्डेका अनुसार प्रतिनिधिहरु बस्ने होटलको एउटा कोठाको भाडा आठ सय रुपैयाँ छ।
ती सबै कोठामा अट्याच बाथरुम तथा तातोपानी चिसो पानी आउने छन् । यसैगरी सबै होटलहरुले कोरोना महामारी लक्षित सरकारले लागू गरेको स्वास्थ्य मापदण्डको पालना गरेको हुनुपर्ने नीति कांग्रेसको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।