शुक्रवार, माघ १४ २०७८Jan 28 2022

Logo
images
images
images
images

कमल थापाले नयाँ पार्टी खोल्ने, गणतन्त्र र हिन्दु राष्ट्रको नारा बोक्ने

कमल थापाले नयाँ पार्टी खोल्ने, गणतन्त्र र हिन्दु राष्ट्रको नारा बोक्ने

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 3.7K
    SHARES

  • कमल थापाले नयाँ पार्टी खोल्ने, गणतन्त्र र हिन्दु राष्ट्रको नारा बोक्ने

    काठमाडौं - राप्रपाको महाधिवेशनबाट अध्यक्षमा पराजित कमल थापा अहिलेसम्म सामान्य अवस्थामा आउन सकेका छैनन् । १९ वर्षसम्मको हालीमुहाली राजेन्द्र लिङ्देनले एकैपटक तोडिदिएपछि उनी बर्बराएका बर्बरायै छन् ।

    सोही कारण थापा राप्रपाको पदाधिकारीको शपथमा समेत गएनन् । कार्यक्रम बहिष्कार गरे । महाधिवेशनअघि अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा उनले गीता छोएर कसमै खाएका थिए कि अब कुनै पनि हालतमा पार्टी फुटाउँदिन भनेर ।

    images

    तर, आजसम्म भन्ने एउटा र गर्ने अर्को गर्दै आएका थापाले महाधिवेशन सकिएको तीन दिन बित्न नपाउँदै नयाँ पार्टी खोल्ने गृहकार्य सुरु गरेका छन् ।

    त्यसका लागि उनले जिल्ला जिल्लामा आफूपक्षीय स्थानीय तहका अध्यक्षहरूसँग छलफलसमेत सुरु गरिसकेका छन् । कमल थापाले अध्यक्षमा पराजित भएकै दिन अब राजतन्त्र नबोक्ने भनेर घोषणासमेत गरिसकेका थिए ।

    त्यही भएर अब उनले नयाँ पार्टीको नारा गणतन्त्र र हिन्दु राष्ट्र बोक्ने उनी निकट नेताहरूले बताएका छन् । स्रोतका अनुसार नवनिर्वाचित राप्रपा केन्द्रीय कमिटीको नामावली निर्वाचन आयोगमा बुझाइसकेपछि लगत्तै नयाँ पार्टी गठनको गृहकार्यमा थापा तीव्र ढंगले अघि बढ्ने भएका छन् ।

    राप्रपाको पदाधिकारी र केन्द्रीय सदस्यमा थापा समूहकै वर्चश्व छ । त्यही भएर उनले नयाँ पार्टीमा तिनै पदाधिकारीलाई प्रयोग गर्ने नीति अख्तियार गरेको बुझिएको छ । पदाधिकारीको शपथका दिन पनि थापा निकट पदाधिकारी बीचमै उठेर हिँडेका थिए ।

    उनीहरूले अध्यक्ष लिङदेनको भाषणसमेत सुन्न चाहेनन् । पदविना बस्नै नसक्ने थापाका कारण अबको केही समयभित्रै राप्रपा फेरि विभाजन भएमा आश्चर्य हुने छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend