काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १ नम्बर प्रदेश सभापतिसहित धेरैजसो पदाधिकारीमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश कार्यसमितिको महामन्त्री पदमा वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांका कोइराला पक्षका १ जना मात्र विजयी बनेका छन् ।
मध्यराति सकिएको मतगणनाको परिणामअनुसार सभापति पदमा उद्धव थापा ८४४ मत ल्याएर विजयी बनेका छन् । थापाका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मतसहित पराजित भएका छन् । २ मतले मात्रै हारजीत भएको मतगणना रोचक बनेको थियो ।
प्रदेश उपसभापति पदमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राईले ८४७ मत प्राप्त गरी जितेका छन् भने संस्थापनइतरका गोविन्दप्रसाद ढुंगाना ‘केदार’ले ७६५ र विश्वनाथ रिजाल ‘त्रिलोचन’ले ६६९ मत मात्रै पाएका छन् ।
प्रदेश महामन्त्री पदमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापनइतरका उमेश थापाले ८२३ मत ल्याएर जितेका छन् । महामन्त्रीमै दीपनकुमार श्रेष्ठले ७६४ र पदमसुन्दर पालुङ्गवाले ८०७ मत ल्याएर पराजय भोग्नुपर्यो ।
सहमहामन्त्री महिलामा संस्थापनकै प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी बनेकी छन् । निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत मात्रै पाइन् ।
सहमहामन्त्री खुलामा संस्थापनका खड्ग फागो १ हजार २६ र विनोदकुमार बस्नेत ७४७ मत ल्याएर विजयी बनेका छन् । संस्थापन इतरका रोहितकुमार शाह ६६५, विरकाजी राई ६४७ र शुभचन्द्र राई ८४ मत मात्रै ल्याएर पराजित बनेका छन् । निर्वाचनमा १ हजार ७५२ मत खसेको हो ।
कसको कति मत ?
सभापतिः
१. उद्धव थापा – ८४४
२. गुरुराज घिमिरे – ८४२
उपसभापतिः
१. गोविन्दप्रसाद ढुंगाना ‘केदार’ – ७६५
२. टंकप्रसाद राई – ८४७
३. रमेशजंग रायमाझी – ८९१
४. विश्वनाथ रिजाल ‘त्रिलोचन’ – ६६९
महामन्त्रीः
१. उमेश थापा – ८२३
२. दिपनकुमार श्रेष्ठ – ७६४
३. पदमसुन्दर पालुङ्गवा – ८०७
४. भुपेन्द्र राई – ८२४
सहमहामन्त्रीः
१. प्रमिला गच्छदार – ८३७
२. सीता कार्की – ७३३
सहमहामन्त्रीः
१. खड्ग फागो – १०२६
२. रोहितकुमार शाह – ६६५
३. विनोदकुमार बस्नेत – ७४७
४. विरकाजी राई – ६४७
५. शुभचन्द्र राई – ८४
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।