काठमाडौँ- कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन जारी रहेको छ । नेतृत्वका लागि मतगणना भइरहँदा सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रतालाई कायमै राखेका छन् ।
६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुनले ३४४ मतका साथ अग्रता कायम गरेका छन्। पार्टीको संस्थापन समूहका भरतकुमार शाहले भने २१६ मत ल्याएका छन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पनि पुनकै प्यानलमा रहेका उम्मेदवारले अग्रता लिइरहेका छन्।
सहमहामन्त्रीमा शाहको प्यानलबाट उम्मेदवार बनेकी माया पुनले भने पछ्याइरहेकी छन्। उपसभापतिमा पुनको प्यानलका अष्टभुजा पाठकले ३१९ र भुवनप्रसाद श्रेष्ठले ३३१ मत प्राप्त गरेका छन्।
शाह प्यानलका उम्मेदवार राजु खनालले २१६ र सुधाकर पाण्डेले १९१ मत प्राप्त गरेका छन्। त्यस्तै, महामन्त्रीमा पुनको प्यानलका बिक्रम खनालले ३३८ र सुरेन्द्रराज आचार्यले ३२९ मत ल्याउँदा शाहको प्यानलका खिमान सिंह रायमाझीले १९४ र जन्मजय तिमल्सिनाले १९२ मत प्राप्त गरेका छन्।
त्यसैगरी, सहमहामन्त्री पुन प्यानलका विष्णु मुस्कान र खगराज पाण्डेलाई शाहको प्यानलकी माया पुनले पछ्याइरहेकी छन्। जसअनुसार पुनको प्यानलका विष्णु मुस्कानले ३६९, खगराज पाण्डे ३३६ र शाहको प्यानलकी माया पुनले ३३४ मत प्राप्त गरेकी छन्।
सहमहामन्त्रीमा पुनको प्यानलकी निमा गिरीले ३१७ मत ल्याएकी छन् भने शाहको प्यानलका लक्ष्मीनारायण श्रेष्ठले २१० र सरिता चौधरीले २०६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।