भैरहवा - कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन जारी रहेको छ । नेतृत्वका लागि मतगणना भइरहँदा सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रतालाई कायमै राखेका छन् ।
४७८ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले २९५ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको १७८ मत रहेको छ । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् ।
पुन संस्थापन इतरका रामचन्द्र पौडेल निकटका नेता हुन् । मतगणतना ढिला गरी भइरहेको छ । दुई उपसभापतिका लागि भएको मतदानमा अष्टभुज पाठकको २७८ मत रहेको छ । भुवनप्रसाद श्रेष्ठको २८३ मत रहेको छ ।
राजु खनालको १९३ तथा सुधाकर पाण्डेको १४९ मत रहेको छ । महामन्त्रीमा विक्रम खनालको २९३, सुरेन्द्रराज आचार्यको २८३, खिमान सिंह रायमाझीको १५४ तथा जन्मजय तिमल्सिनाको १६० मत रहेको छ ।
सहमहामन्त्री महिलामा निमा गिरीको २७० तथा सरिता चौधरकिो १६२ मत रहेको छ । सहमहामन्त्री खुलामा विष्णुप्रसाद खनाल मुस्कानको २९१ तथा खगराज पाण्डेको २६२ मत रहेको छ । माया पुनको १७७ तथा लक्ष्मीनारायण शाहको १६० मत छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।