मंगलवार, श्रावण २४ २०७९Aug 09 2022

Logo
images
images
images
images

कांग्रेस गण्डकी अपडेट : ४०२ मत गन्दा कसले कति मत पाए ?

कांग्रेस गण्डकी अपडेट : ४०२ मत गन्दा कसले कति मत पाए ?

  • मिडिया डबली
  • शनिवार, मंसिर १८ २०७८

  • 12.5K
    SHARES

  • कांग्रेस गण्डकी अपडेट : ४०२ मत गन्दा कसले कति मत पाए ?

    काठमाडौँ- नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा तीव्र प्रतिस्पर्धा चलेको छ। प्रदेश अधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ।

    पछिल्लो अपडेट अनुसार हालसम्म ४०२ मत गणना भएको छ। मतदानमा कूल ११४६ मत खसेको थियो। प्रदेश सभापतिमा ४०२ मत गणना हुँदासम्म शुक्रराज शर्माले २०४ मत प्राप्त गरेका छन्। शर्मा रामचन्द्र पौडेलपक्षका उम्मेदवार हुन्।

    images
    images
    images

    उनका प्रतिस्पर्धी पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षका उम्मेदवार अर्जुनप्रसाद जोशी १९८  मत प्राप्त गरेका छन्।

    गण्डकी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश हो। उनले यहाँ सभापति शेरबहादुर देउवा पक्षसँगको प्रतिस्पर्धालाई उनले प्रतिष्ठाको लडाइँ मानेका छन्। 

    गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो ।  मतगणनाका सबै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए । 

    उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए ।

    यस्तो छ यहाको प्यानल समुह 

    गण्डकी प्रदेश

    संस्थापन समूह

    सभापति – अर्जुनप्रसाद जोशी

    उपसभापति – नेत्र महत (म्याग्दी)

    उपसभापति – मेखलाल श्रेष्ठ (स्याङ्जा)

     महामन्त्री – ईश्वर पाण्डे (गोरखा)

    महामन्त्री – कुमार खड्का (कास्की)

    सहमहामन्त्री – झुलबहादुर राना (तनहुँ)

    सहमहामन्त्री – ओमकला गौतम (नवलपुर)

    सहमहामन्त्री – राजन पन्त (गोरखा)

    पौडेल समूह

    सभापति शुक्रराज शर्मा

    उपसभापति – कल्पना तिवारी (स्याङ्जा)

    उपसभापति – हरिप्रसाद श्रेष्ठ (बागलुङ) 

    महामन्त्री – विष्णु लामिछाने (नवलपुर)

    महामन्त्री–  किरणबाबु श्रेष्ठ (गोरखा)

    सहमहामन्त्री– रामचन्द्र जोशी

    सहमहामन्त्री – रमेश पाण्डे 

    सहमहामन्त्री– कोपिला रानाभाट

    स्वतन्त्र रुपमा

    सहमहामन्त्री– युवराज बस्ताकोटी

    सहमहामन्त्री– गणेश सापकोटा

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend