पोखरा - गण्डकी प्रदेश कांग्रेस सभापतिका लागि भएको निर्वाचनको मत गणना सुरु भएको छ ।
यहा सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । भर्खरै सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा दुवै उम्मेदवारले बराबर मत पाएका छन् ।
पहिलो १ सय ५० मत गन्दा सभापतिका उम्मेदवार शुक्रराज शर्माले ७३ मत ल्याएका छन् भने अर्जुन जोशीले ७७ मत पाएका छन् । मतगणना जारी नै रहेको छ । गण्डकी प्रदेशमा ११ सय ४६ मत खसेको थियो ।
यस्तो छ यहाको टिम
गण्डकी प्रदेश
संस्थापन समूह
सभापति – अर्जुनप्रसाद जोशी
उपसभापति – नेत्र महत (म्याग्दी)
उपसभापति – मेखलाल श्रेष्ठ (स्याङ्जा)
महामन्त्री – ईश्वर पाण्डे (गोरखा)
महामन्त्री – कुमार खड्का (कास्की)
सहमहामन्त्री – झुलबहादुर राना (तनहुँ)
सहमहामन्त्री – ओमकला गौतम (नवलपुर)
सहमहामन्त्री – राजन पन्त (गोरखा)
पौडेल समूह
सभापति शुक्रराज शर्मा
उपसभापति – कल्पना तिवारी (स्याङ्जा)
उपसभापति – हरिप्रसाद श्रेष्ठ (बागलुङ)
महामन्त्री – विष्णु लामिछाने (नवलपुर)
महामन्त्री– किरणबाबु श्रेष्ठ (गोरखा)
सहमहामन्त्री– रामचन्द्र जोशी
सहमहामन्त्री – रमेश पाण्डे
सहमहामन्त्री– कोपिला रानाभाट
स्वतन्त्र रुपमा
सहमहामन्त्री– युवराज बस्ताकोटी
सहमहामन्त्री– गणेश सापकोटा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।