आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

निर्मल निवास राजेन्द्रतिर लागेपछि कमल थापालाई बज्रपात

निर्मल निवास राजेन्द्रतिर लागेपछि कमल थापालाई बज्रपात

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 7.7K
    SHARES

  • निर्मल निवास राजेन्द्रतिर लागेपछि कमल थापालाई बज्रपात

    काठमाडौं - पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित गर्ने र नयाँ कार्यसमितिका लागि उम्मेदवारी मनोनयपत्र दर्ता हुने बताइएको छ ।

    वृद्धहरूको पार्टी राप्रपामा पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले अध्यक्षबाट वाकओभर गरिसकेका छन् । राणा र लोहनी अध्यक्षमा नउठ्ने भएपछि अध्यक्ष कमल थापाले फेरि पनि आफैं नेतृत्वमा आउने कुरामा उनी ढुक्क थिए ।

    आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनले यसरी चुनौती देलान् भन्नेमा थापालाई अलिकति पनि विश्वास थिएन । तर अन्तिम समयमा आएर लिङ्देनले थापाको साथ छाडे । र, अर्का महामन्त्री धवलशमशेर राणासँग मिलेर अर्को प्यानल बनाए ।

    धवलको बलियो साथ पाएका लिङ्देन अहिले निकै खुसी छन् । अध्यक्ष लोहनीले साथ दिएको र संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले समेत युवा पुस्तालाई नेतृत्व सुम्पिन महाधिवेशनको उद्घाटन सत्रमै सुझाव दिएपछि कमल थापा हैरान बनेका छन् ।

    एमाले अध्यक्ष केपी ओलीसँग मिलेर पार्टी संगठन भड्खालोमा हालेकोमा राप्रपाका अधिकांश नेता कार्यकर्ता कमल थापासँग रुष्ट छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसमेत थापाको यो प्रवृत्तिप्रति असन्तुष्ट छन् । त्यही भएर यसपटक निर्मल निवासको सिग्नल लिङ्देनतिर सोझिएपछि थापा रिङआउट हुने अड्कलबाजी सुरु भएको छ ।

    पार्टीका नेता कार्यकर्तालाई दुःख परेका बेला थापाले कहिल्यै साथ र सहयोग नगरेको बताइन्छ । कतिसम्म भने राष्ट्रिय सभाको उपनिर्वाचनका बेला खर्च गर्नुपर्छ भनेर थापा अमेरिका गएर मस्तले बसेका थिए ।

    त्यसले पनि थापाप्रति धेरै नेता कार्यकर्ता रुष्ट बनेको राप्रपाका एक नेताले बताए । पूर्वराजाले पनि लिङ्देनलाई समर्थन गरेको बुझेपछि थापाको नौ नारी गलेको छ ।

    त्यसमा पनि उद्घाटन सत्रका बेला एमाले अध्यक्ष केपी ओलीसमेत शुभकामना दिन आएनन् । लिङ्देनको सहयोग नपाई आगामी निर्वाचनमा जित्न असम्भव जस्तै भएकाले पनि ओली राप्रपाको महाधिवेशनमा शुभकामना दिन नआएको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend